विपद्मा हराएको मानवता : सेफ फुटाउन दौडिएका २९ जना प्रक्राउ

विपद्मा हराएको मानवता : सेफ फुटाउन दौडिएका २९ जना प्रक्राउ

images
शनिवार, भाद्र १३ २०८३
  • काठमाडौं । विपद् मानिसको परीक्षा पनि हो । कसैका लागि पीडितको आँसु पुछ्ने अवसर, कसैका लागि जीवन बचाउने जिम्मेवारी। तर रसुवामा आएको भीषण बाढीले मानवीय संवेदनाको अर्को तस्बिर पनि देखाएको छ। भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ अर्थात् पैसा तथा महत्वपूर्ण कागजात राख्ने फलामे बाकस भेटिएपछि केही मानिस त्यसलाई खोल्नतिर लागे। अरूका लागि त्यो विपद्ले बगाएर ल्याएको सामान थियो, उनीहरूका लागि भने लोभको अवसर।


    सेफ फुटाउने प्रयासमा संलग्न २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। बाढीसँगै बगेर त्रिशूली नदीमा आएको उक्त सेफ फोड्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ समेत बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    घट्नाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

    (तस्विर एआईबाट सांकेतिक रुपमा बनाइएको हो ।)

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend