सीमा विवादमा विपक्षी सांसदहरुले प्रधानमन्त्रीलाई र्‍याखर्‍याखती पार्ने

सीमा विवादमा विपक्षी सांसदहरुले प्रधानमन्त्रीलाई र्‍याखर्‍याखती पार्ने

विपक्षीहरुले सल्लाहमै तयार पारे प्रधानमन्त्रीलाई सोध्ने प्रश्न, ४ सांसदले सोध्नेछन् सीमा विवादसँग सम्वन्धित प्रश्न

images
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा ११ जना सांसदले प्रश्न गर्ने तयारी गरेका छन् । तीमध्ये नेपाली कांग्रेसकी बासना थापा, नेकपा एमालेका गणेश ठगुन्ना, नेकपाका प्रमेश हमाल र श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रधानमन्त्रीले संसदमा सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई केन्द्रमा राखेर प्रश्न गर्ने तयारी गरेका छन् । 


    उनीहरूले नेपालको सीमा कति हो, नेपालतर्फ कति भूमि अतिक्रमण भएको छ, नेपालले भारतको सीमा कहाँ मिचेको हो, भारतले नेपालको भूमि कहाँ अतिक्रमण गरेको छ र अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले के गरिरहेको छ लगायतका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने भएका छन् ।
    उनीहरुले प्रधानमन्त्रीले संसदमा भारतको पनि नेपालले सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै यसबारेमा प्रधानमन्त्रीलाई ¥याख¥याखती पार्ने तयारी गरेका हुन् । 


    विपक्षी दलका तर्फबाट नेपाली कांग्रेस, एमाले र नेकपाका दुई–दुई जना तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक जना सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्नेछन् ।  प्रश्न गर्ने विपक्षी दलका तर्फबाट राप्रपाकी खुश्वु ओली बाहेक ४ जनाले सीमासँग सम्वन्धित विषयमै केन्द्रीत रहेर प्रधानमन्त्रीसँग प्रश्न गर्न लागेका हुन् । 


    सत्तारूढ दलका तर्फबाट भने सात जनाले प्रश्न सोध्न पाउने भए पनि तीन जना सांसद मात्रै प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने तयारीमा छन् । त्यसमध्ये पनि कुनै पनि सांसदले सीमाका बारेमा प्रधानमन्त्रीसँग प्रश्न गर्न लागेका छैनन । रास्वपाभित्रै पनि विपक्षी जस्ता देखिएका अमरेश सिंहले भने तराई–मधेशको जनजीविकाका विषय उठाउँदै छन् । किसानले मन किन पाएनन् रु स्वास्थ्य र शिक्षा सर्वसुलभ कहिले पाइन्छ रु महँगी नियन्त्रणको योजना के छ रु सीमामा भन्सारको नाममा नागरिकले सास्ती कहिलेसम्म पाउने रु लगायत प्रश्न गर्दै छन् ।


    विपक्षी दलका सांसदहरूले आपसमा छलफल गरेर सीमा विवादसम्बन्धी प्रश्नलाई प्राथमिकता दिएका हुन् । उनीहरूले सीमाको विषयसँगै प्रधानमन्त्री शाहको सरकार सञ्चालन शैली र संसद्प्रतिको व्यवहारबारे पनि प्रश्न गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री शाहले संसद्लाई निरन्तर बेवास्ता गर्दै आएको भन्दै आलोचना भइरहेका बेला पहिलोपटक सभामुखको रुलिङपछि प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन लागेका हुन् । सभामुख डोलप्रसाद अर्यालले भदौ १ गतेको प्रतिनिधिसभा बैठकबाटै भदौ १० गते प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुपर्ने गरी रुलिङ गरेका थिए । प्रधानमन्त्रीलाई सभामुखले रुलिङ नै गरेर संसदमा उपस्थित गराएको यो पहिलो घटना भएको दाबी गरिएको छ ।


    यसअघि पनि सांसदहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गर्दै आएका थिए । त्यसक्रममा प्रधानमन्त्री शाह जेठ १७ गते आकस्मिक रूपमा संसदमा उपस्थित भएका थिए । उनले तत्काल सभामुखसँग समय लिएर सांसदका प्रश्नको जवाफ दिएका थिए । सोही क्रममा उनले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्ति विवादमा आएको थियो ।


    प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ । उक्त व्यवस्थाअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । तर प्रधानमन्त्री शाहले यसलाई उपेक्षा गदै आईरहेका थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend