काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतले औपचारिक भ्रमणको निमन्त्रणा दिएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलबार नियमित पत्रकार सम्मेलन क्रममा नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिएका हुन्।
'हो, भारत भ्रमणका लागि नेपालका प्रधानमन्त्रीलाई निम्तो पठाइएको छ,' जैसवालले पत्रकारले साेधेकाे प्रश्नकाे जवाफ दिने क्रममा भने। भ्रमणको मिति भने दुवै देशको आपसी सहमतिमा तय हुने बताए।
.jpg)
