८ अंकले बढ्यो सेयर बजार, ६ अर्ब २६ करोडको कारोबार

८ अंकले बढ्यो सेयर बजार, ६ अर्ब २६ करोडको कारोबार

images
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन सेयर बजार करिब ८ अंकले बढेको छ ।  आज नेप्से परिसुचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा पुगेकाे छ । 

    यस दिन १५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेको छ । १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    आज एक करोड ३७ लाख ६९ हजार १०० कित्ता सेयर ७० हजार १५८ पटक किनबेच हुँदा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँबराबरको काराेबार भएकाे छ । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend