निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वाेच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वाेच्चद्वारा खारेज

images
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज गरेको छ ।

    मंगलबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको हाे । 

    सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो । 

    उक्त निर्णयविरुद्ध मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend