काठमाडाैं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
यी हुन् मुख्य निर्णयहरूः
१. काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्य, काठमाडौँलाई नियुक्त गर्ने।
२. गेटा अस्पताल, कैलालीलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने।
३. विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।
५. कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।
६. मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४-२०८७/८८) स्वीकृत गर्ने।
७. भ्रष्टाचारविरूद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३-२०८७/८८) स्वीकृत गर्ने ।
८. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
.jpg)
