काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
उक्त अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो ।
योसँगै पौडेलविरुद्ध चौथोपटक म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।
.jpg)
