काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मेक्सिकोको मोन्टेरेस्थित स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटसम्म दुवै टोली १–१ को बराबरीमा रहेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ को यात्रा तय गर्यो। पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने नेदरल्यान्ड्सले खेलमा अग्रता बनायो। ७२औँ मिनेटमा क्राइसेन्सियो समरभिलको पासमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाएका थिए।
नेदरल्यान्ड्स जितको निकै नजिक पुगेको अवस्थामा मोरक्कोले इन्जुरी समयमा शानदार पुनरागमन गर्यो। इन्जुरी टाइमको पहिलो मिनेटमा चेम्सडाइन ताल्बीको पासमा इसा डिओपले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए। त्यसपछि थपिएको अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा मोरक्कोका खेलाडीहरूले दबाबका बीच उत्कृष्ट प्रदर्शन गरे भने नेदरल्यान्ड्स निर्णायक क्षणमा चुकेको थियो। त्यससँगै मोरक्कोले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
इन्जुरी टाइममा फर्काएको बराबरी गोल मोरक्कोका लागि निर्णायक सावित भयो। अन्तिम समयमा देखाएको धैर्यता र पेनाल्टीमा उत्कृष्ट प्रदर्शनका कारण अफ्रिकी टोलीले अर्को चरणमा स्थान बनाउन सफल भएको छ।
.jpg)
