कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण

images
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय महेन्द्रनगरमार्फत बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा स्टेसनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

    बैंकको महेन्द्रनगर शाखा प्रमुख कृष्णसिंह भाटले बेदकोट–८ का वडाध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीलाई स्टेसनरी तथा शैक्षिक सामग्री वितरण गरेका थिए ।

    कार्यक्रममा वडाध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अधिकांश कमजोर तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी हुने भएकाले बैंकको शैक्षिक सामगी सहयोगबाट पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    बैंकका महेन्द्रनगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेसनरी तथा शैक्षिक सामग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे ।

    उक्त कार्यक्रममा बैंकका कर्मचारी, बैजनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

    यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend