रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

images
बुधवार, आषाढ १० २०८३
  • चितवन । सरकार चलाईरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने क्रम जारी छ । सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भईसकेका छन् भने ९९ जना केन्द्रीय सदस्यका लागि आज मतदान हुँदैछ । ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । 

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।  “एकिन सङ्ख्या निकाल्दै छौँ, चार सयभन्दा बढीको उम्मेद्वारी परेको छ । आज बिहान ९ बजे नामावली प्रकाशन गरिनेछ ।” उनले भने । 

    निर्वाचित ९९ जना मध्येबाट पदाधिकारी चयन गरिने छ । पदाधिकारी चयन भने दोस्रो चरणमा हुनेछ । मतदानका निम्ति विद्युतीय उपकरण प्रयोग गरिने छ । विदेशमा रहेकाहरूले एपमा मतदान गर्नेछन् । मतदान गर्ने चार हजार हाराहारी प्रतिनिधि छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend