रास्वपा महाधिवेशन

बालेनको प्रस्तावमा रविले दर्ता गरे सभापतिमा उम्मेदवारी

बालेनको प्रस्तावमा रविले दर्ता गरे सभापतिमा उम्मेदवारी

images
मंगलवार, आषाढ ९ २०८३
  • चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियाले औपचारिक गति लिएको छ। मंगलबार साँझ सभापति तथा केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता सुरु भएसँगै पार्टीका सभापति रवि लामिछाने उम्मेदवारी दर्ता गर्न पार्टीको महाधिवेशन निर्वाचन आयोगको सचिवालय पुगे।
    लामिछानेको सभापति उम्मेदवारीमा प्रधानमन्त्री समेत रहेका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रस्तावक बनेका छन्। उम्मेदवारी दर्ताका लागि लामिछाने र शाह सँगसँगै महाधिवेशनस्थलस्थित निर्वाचन आयोगको सचिवालय पुगेका थिए।
    मनोनयन दर्तापछि दुवै जना सचिवालयबाट बाहिर निस्कँदा महाधिवेशन प्रतिनिधि तथा उपस्थित कार्यकर्ताहरूलाई हात हल्लाएर अभिवादन गरेका थिए। उनीहरूको संयुक्त उपस्थितिलाई प्रतिनिधिहरूले विशेष चासोका साथ हेरेका थिए।
    पार्टीको निर्वाचन कार्यतालिका अनुसार सभापति पदका लागि उम्मेदवार बन्न एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य हुने व्यवस्था छ। साँझ ७ बजेदेखि ७ः३० बजेसम्म सभापति पदको मनोनयन फारम वितरण तथा दर्ताको समय निर्धारण गरिएको छ।
    यता, बालेन शाहका लागि पार्टी संरचनामा समावेश गरिएको भनिएको वरिष्ठ नेता पदमा भने यसपटक निर्वाचन नहुने भएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend