सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष पौडेललाई सात दिन थुनामा राख्न अनुमति

images
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न प्रहरीले सुखृेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ । 

    विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुनेगरी विभागलाई अनुमति दिएको हो । 

    पूर्वअर्थमन्त्री पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो  । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend