इनर्जी ड्रिंक चुस्कीका साथ विश्वकपको रात

इनर्जी ड्रिंक चुस्कीका साथ विश्वकपको रात

images
शनिवार, आषाढ ६ २०८३
  • काठमाडौं  । घडीले रातको १० बजेर ४५ मिनेटको समय देखाइरहेको थियो, तर काठमाडौंको शहर निदाएको थिएन। सडकका केही भाग शान्त देखिए पनि शहरका क्याफे, रेस्टुरेन्ट, क्लबभित्र भने अर्को संसार जीवित थियो।

    विश्वकम २०२६ को त्यस समयमा पोर्चुगल र डिआर कंगोको खेल चल्दैथियो । बनस्थलीको एउटा वर्गर हाउसमा मान्छेहरु खचाखच भरिएका थिए । विशाल स्क्रिनमा विश्वकपमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डोको बहुप्रतीक्षित खेल हेर्न बर्गर हाउसका हरेक टेबुल भरिएको थियो।

    एउटा टेबुलमा ५/७ जनाको सानो(सानो समुह बनाएर मान्छेहरु झुम्मिएका थिए । वर्गर हाउसका वेटरहरु कहिले कुन टेवुल, कहिले कुन टेबुलमा दौडिरहेका थिए । पेय पदार्थ खानेहरु खेलसँगै जोशिँदै थिए । 

    खेलाडीहरुले एक आपसमा पास मिलाउँदा समर्थकहरु ताली बजाउँथे, अवसर चुक्दा सामूहिकरुपमा क्या मिस भयो भन्थे । गोलपोस्ट नजिक बल पुग्दा सास रोकिएझै गर्थे । अनि जब बलले जाली चुम्दै गोल हुन्थ्यो,  त्यो सानो क्याफे (बर्गर हाउस) एकाएक रंगशाला बन्थ्यो।

    त्यही जोशमा इनर्जी ड्रिंकका क्यानहरू एकपछि अर्को खुलिरहेका थिए । दर्शकहरु धेरैजसोको टेबुलमा एक्स्टिम इनर्जी डिंक क्यानहरु खुलिरहेका थिए । त्यसैमा इन्जोइ गरिरहेका थिए, अधिकाशं दर्शकहरु । 

    त्यसैमध्येका एक थिए,– दाङ घोरही उपमहानगरपालिका १३ का विश्वास चौधरी । उनी सरस्वती कलेजमा म्यानेजमेन्टका विधार्थी हुन् । अर्जेटिना, ब्राजिल, पोर्चुगल, स्पेन, इङल्यान्डको खेल भएका दिन उनी उक्त बर्गर हाउस पुग्ने गर्छन् ।
     
    ‘घरमा टिभिमा हेरेको मज्जा नै नआउने, यहाँ (बर्गर हाउस) आउँदा साथीभाई पनि हुने, विशाल स्क्रिनमा हेर्न आनन्द पनि आउने र आफुलाई मन पर्ने डिंकको स्वाद लिँदै खेल हेर्न पनि पाउने भएकोले म प्रायस् मुख्य टिमको खेल हुँदा बर्गर हाउस आउन थालेको छु,’ विश्वास भन्छन् । 

    विशेषगरी नेपाली समयअनुसार धेरै खेल यसपटक राति वा बिहानी समयमा हुने भएकाले धेरै समर्थकहरू लामो समय जाग्राम बस्छन्। यही कारण ऊर्जा र ताजापनको आवश्यकता महसुस गर्ने उपभोक्ताको एउटा वर्ग क्याफे,  रेस्टुरेन्ट, क्लब धाउने गरेका छन् । सामुहिक रुपमा खेल हेर्दा भावना, मित्रता, उत्साह र सामूहिक अनुभव आदानप्रदान समेत हुने भएकोले पनि नेपाली युवाहरु समुह नै बनाएर त्यस्ता स्थानहरु पुग्ने गरेका देखिन्छन् । 

    त्यसरी क्याफे, रेष्टेरेन्ट पुग्नेहरुको सबैभन्दा बढी रोजाई इनर्जी ड्रिंकमा एक्स्टिम इनर्जी ड्रिक देखिएको क्याफे सञ्चालक विवेक गुरुङ बताउँछन् । ‘विश्वकप खेल हेर्न आउने ग्राहकहरुको इनर्जी ड्रिंकमा बढी रोजाई एक्स्टिम इनर्जी हुने गर्छ,‘ वर्गर हाउस सञ्चालक विवेक भन्छन्, ‘एक्स्टिम इनर्जी डिंक पिउँदा छुट्टै उर्जा भरिएको महसुस हुने ग्राहकहरु बताउनुहुन्छ । दिनभरको कामको अध्याधिक थकान, तनावका बीचमा राती फुटबल पनि हेर्नपर्दा एक्स्टिमले क्षणभरमै नयाँ उर्जा दिन्छ । शरीर नै फूर्तिलो बनाईदिन्छ ।’

    साथीभाइसँगको पार्टी, सामाजिक सञ्जालमा हुने बहस, मनपर्ने टोलीको जित–हारको तनाव र रोमाञ्चले विश्वकपलाई नेपाली युवामाझ विशेष बनाइदिएको छ ।

    त्यसमाथी  एक्स्टिम इनर्जी ड्रिंकले विश्वकपसँग सम्बन्धित विभिन्न खेलकुद प्रायोजन र फ्यान–इन्गेजमेन्ट अभियान सञ्चालन गरिरहेको र क्याफे, रेस्टुरेन्टमा पुगेर एक्स्टिमको आनन्द लिन पाउँदा दर्शकहरु उत्साहित देखिन्छन् ।

    विश्वकप अवधिभर ‘स्क्यानमा सुन’ अभियान सञ्चालन गर्दै उपभोक्तालाई गोल्डेन बल जित्ने अवसर समेत एक्स्टिम इनर्जी डिंकले दिएकोले पनि युवाहरु यही क्यानको स्वाद चाखिरहेका छन् । अन्तराष्टिय मापदण्ड र थाइल्याण्डको खाद्य तथा औषधी प्रशसनको मापदण्डलाई समेत अनुशरण गरेर इक्स्टिमले आफनो उत्पादन बजारमा ल्याएकोले युवाहरुले यसलाई विश्वास गरिरहेका छन् । 

    प्रत्यक्ष रअप्रत्यक्ष रुपमा २० हजारभन्दा बढी मानिसले एक्स्टिममा रोजगारी पाएका छन् । एक्स्टिम इनर्जीमा पाइने क्याफिन, चिनी, टाउरिन र बी–भिटामिनको मात्राले शरीरलाई अलग्गै उर्जा भरिदिने गरेको छ । 

    बिरामी, बालबालिका तथा गर्भवती महिला बाहेक युवा अवस्थाका सबैजसोलाई एक्स्टिम इनर्जी डिंक पिउन मिल्ने कम्पनीले जनाएको छ ।  उपभोक्ता माझ सहज पहुँचलाई इक्स्टिमले प्राथमिकता दिएको छ । जसकाकारण देशव्यापी वितरण सञ्जाल विस्तार हुन पुगेको छ। शहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण बजारमा पनि एक्स्टिम बान्डको पहुँच पुगेको छ ।

    बजार प्रवर्धनमा नयाँ शैली एक्स्टिमले अलवम्बन गरेको छ । सहज उपलब्धता, आकर्षक प्याकेजिङ,  बिज्ञापन, सामाजिक संजाल र प्रभावकारी बजार रणनीतिका कारण एक्स्ट्रिमले उपभोक्ताको विश्वास जितेको छ । यसको उत्पादन र क्वालिटि पनि बिश्वस्तरीय नै छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend