असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ब्याज ?

असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति पाइन्छ ब्याज ?

images
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.२७ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर जेठ महिनामा ४.३४ प्रतिशत विन्दुमा थियो ।

    संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । जेठमा ३.२० प्रतिशत रहेको यस्तो ब्याजदर असारमा ३.१८ प्रतिशत कायम भएको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंक रहेका छन् ।

    अन्य १३ बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    कुनमा कति पाइन्छ ब्याज ? 

    byajdar_asar-768x885_20260614120529.jpg
    undefined

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend