चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ

images
शनिवार, जेठ ३० २०८३
  • काठमाडौँ ।  सेफ सन्तोष साह पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा उनलाई पक्राउ गरेको हो । 

    जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर प्रहरीले साहलाई पक्राउ गरेको हो । गए राति महोत्तरीबाट उनलाई पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन् । 

    साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर गरी ठगी गरेको आरोप छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend