काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

images
शुक्रवार, जेठ २९ २०८३
  • RS_RSS_KTM_MG_20260610_155723_11zon.jpgकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले जानकारी दिए । उनका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend