काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मन्त्रीद्वयले शपथ लिएका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार मन्त्रिपरिषद् विस्तार गर्दै गुरुङलाई गृहमन्त्री र पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री नियुक्त गरेका थिए । गृहमन्त्री गुरुङ गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् । पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।
बालेन (बालेन्द्र)ले सुधनलाई पहिला पनि गृहमन्त्री नियुक्त गरेका थिए । तर उनी सम्पक्ति लगायतका विषयमा विवादमा तानिएपछि उनले राजीनामा दिएका थिए । त्यसपछि सरकारले उनको सम्पक्तिका विषयमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीसको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले उनलाई चोख्याउने गरी प्रतिवेदन दिएपछि २७ दिनसम्म आफैसाग गृहमन्त्रालय राखेका प्रधानमन्त्रीले फेरि सुधनलाई नै गृहमन्त्री बनाएका हुन् । त्यस्तै विज्ञान, प्रविधि र नवप्रर्वतन मन्त्रालय बनाउन माग गदैं आएका महाबीर स्वयमलाई प्रधानमन्त्रीले उक्त मन्त्रालयमा नियुक्ति दिलाएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्य, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसद तथा संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
.jpg)
