रास्वपा जिल्ला अधिवेशन

जिल्ला अधिवेशनमा रवि पक्षको दबदबा, ४१ जिल्लामा नयाँ नेतृत्व चयन

जिल्ला अधिवेशनमा रवि पक्षको दबदबा, ४१ जिल्लामा नयाँ नेतृत्व चयन

बालेन-विवेकशील धार कमजोर देखिँदा महाधिवेशनअघि संस्थापन पक्ष उत्साहित

images
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशनले पार्टीभित्रको शक्ति सन्तुलनबारे स्पष्ट संकेत दिएको छ। हालसम्म ४१ जिल्लामा सम्पन्न अधिवेशनबाट चयन भएका अधिकांश जिल्ला सभापति रवि लामिछाने निकट मानिने नेताहरू निर्वाचित भएका छन्। यसले महाधिवेशनअघि पार्टीभित्र संस्थापन पक्षको पकड बलियो रहेको देखाएको छ।


    अधिवेशनको नतिजाले पार्टीका बरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री (बालेन्द्र शाह (बालेन) तथा विवेकशील पृष्ठभूमिका नेताहरूको प्रभाव अपेक्षाअनुसार देखिन नसकेको सन्देश दिएको छ। केही जिल्लामा अनौपचारिक रूपमा समूहगत प्रतिस्पर्धाको चर्चा भए पनि अधिकांश स्थानमा संगठन निर्माणमा सुरुदेखि सक्रिय रहेका नेताहरू नेतृत्वमा पुगेका छन्।


    रास्वपाले हालसम्म कोशीका १०, बागमतीका १०, गण्डकीका ७, लुम्बिनीका ७, कर्णालीका ४ र सुदूरपश्चिमका ३ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।


    कहाँ को आए नेतृत्वमा ?
    कोशी प्रदेश
    - पाँचथर – प्रकाश गुरुङ 
    - सुनसरी – सागर दाहाल 
    - झापा – ओम भण्डारी 
    - ताप्लेजुङ – राजनकुमार गुरुङ 
    - मोरङ – भरत कँडेल 
    - तेह्रथुम – सुमन खत्री 
    - भोजपुर – ख्यामबहादुर भुजेल 
    - संखुवासभा – भक्तनारायण श्रेष्ठ 
    - ओखलढुंगा – कृष्णबहादुर थापा 
    - खोटाङ – मुकुन्दकृष्ण थापा 

    बागमती प्रदेश
    - काठमाडौं – राजा शाक्य 
    - भक्तपुर – रामेश्वर बस्नेत 
    - काभ्रेपलाञ्चोक – प्रवीण ढकाल 
    - सिन्धुली – अविनाश बस्नेत 
    - रामेछाप – रमेश रायमाझी 
    - दोलखा – दिनेश बस्नेत 
    - नुवाकोट – रामेश्वर गजुरेल 
    - धादिङ – राजन अर्याल 
    - मकवानपुर – सञ्जीव पाठक 
    - (सिन्धुलीको नाम सूचीमा दोहोरिएको छ, पार्टीले आधिकारिक विवरण अद्यावधिक गर्न बाँकी छ) 

    गण्डकी प्रदेश
    - कास्की – यदुनाथ अधिकारी 
    - स्याङ्जा – विश्वास भण्डारी 
    - पर्वत – जालबहादुर पुन 
    - म्याग्दी – युवराज रोका 
    - बागलुङ – पुनम शर्मा 
    - गोरखा – सुवर्ण रोकाहा क्षेत्री 
    - तनहुँ – विश्व बाँस्तोला 

    लुम्बिनी प्रदेश
    - बर्दिया – शान्ता बुढा क्षेत्री 
    - पाल्पा – विष्णु भण्डारी 
    - रोल्पा – बलाराम थापा 
    - दाङ – किरण खनाल 
    - गुल्मी – हरि श्रेष्ठ 
    - बाँके – विवेककुमार श्रेष्ठ 
    - रुपन्देही – महेन्द्रप्रसाद उपाध्याय

    कर्णाली प्रदेश
    - कालीकोट – प्रेम केसी 
    - सल्यान – प्रकाश नेपाली 
    - हुम्ला – बुँदे बुढा 
    - सुर्खेत – रमेशकुमार सापकोटा

     
    सुदूरपश्चिम प्रदेश
    - बैतडी – भीमनाथ 
    - बझाङ – सत्यराज उपाध्याय 
    - डडेलधुरा – सुरेन्द्र अवस्थी 

    नतिजाले दिएको राजनीतिक सन्देश
    जिल्ला अधिवेशनका परिणामले रास्वपाभित्र नेतृत्वको केन्द्र अझै रवि लामिछाने नै रहेको देखाएको छ। पार्टी स्थापना कालदेखि सक्रिय रहेका कार्यकर्ताहरूले स्थानीय प्रतिनिधिहरूको विश्वास जितेका छन्। बालेन समूह वा विवेकशील पृष्ठभूमिका नेताहरूको उपस्थिति केन्द्रीय तहमा देखिए पनि जिल्ला संगठनमा त्यसको प्रभाव सीमित रहेको देखिएको छ।
    रास्वपाले अधिवेशनमा गुटगत प्यानल बनाउन रोक लगाए पनि केही जिल्लामा संस्थापन र वैकल्पिक धारबीच प्रतिस्पर्धा भएको थियो। तर अधिकांश स्थानमा परिणाम संस्थापन पक्षकै पक्षमा गएको देखिन्छ।

    महाधिवेशनतर्फ केन्द्रित नजर
    अब रास्वपाको ध्यान असार ७–९ गते चितवनमा हुने एकताको प्रथम महाधिवेशनमा केन्द्रित भएको छ। करिब ३ हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको भावी नेतृत्व, संगठनात्मक दिशा र शक्ति सन्तुलन तय गर्नेछ।
    जिल्ला अधिवेशनको नतिजाले भने एउटा सन्देश स्पष्ट दिएको छ- रास्वपाको संगठनात्मक संरचनामा अहिले पनि रवि लामिछानेको प्रभाव निर्विवाद रूपमा बलियो छ, र महाधिवेशनअघि संस्थापन पक्ष मनोवैज्ञानिक रूपमा अग्रस्थानमा देखिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend