रवि लामिछाने फर्के लगत्तै परराष्ट्रमन्त्री किन जाँदैछन् दिल्ली ?

रवि लामिछाने फर्के लगत्तै परराष्ट्रमन्त्री किन जाँदैछन् दिल्ली ?

images
बिहिवार, जेठ २१ २०८३
  • काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाल फर्केलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जान लागेका छन् । परराष्ट्रमन्त्री खनाल पर्सि शनिबार नयाँ दिल्ली प्रस्थान गर्न लागेका हुन् । मन्त्री खनाल तीन दिनसम्म भारतमा रहनेछन् । 
    परराष्ट्रमन्त्री शिशिर खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । 
    उनी गत जेठ १८ गते दिल्ली जाने तयारीमा थिए । तर त्यसबेला उनलाई निम्ताइएको पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलन स्थगित भएपछि उनको भ्रमण पनि रद्द हुन पुगेको थियो । भारतीय विदेश मन्त्री एस जयशंकरको निम्तोमा उनी दिल्ली जान लागेका हुन् । रास्वपाका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नबीन लगायतसँग लामिछानेले उच्चस्तरीय भेटवार्ता गरेका थिए । 
    अब सरकारका तर्फबाट परराष्टमन्त्री खनालको हुन लागेको भारत भ्रमणमा भारतीय प्रधानमन्त्री मेदीसँगको भेटको प्रस्ताव पनि गएको छ । यधपी, यसका बारेमा पुष्टि भईसकेको छैन । तर खनालको भ्रमणका क्रममा विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रमहरु भने तय भएको छ । 
    यस अगाडी जयशंकरले नेपालको नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रोटोकल’ कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण स्थगित भएको थियो ।
    मिस्रीको काठमाडौं भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो । तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि १ जुन (१८ जेठ) का लागि निर्धारित उक्त सम्मेलन स्थगित भएपछि मन्त्री खनालको भ्रमण पनि स्थगित भएको हो । 
    भेटका क्रममा रास्वपा सभापति लामिछानेसँग भएको भेट र छलफलका अतिरिक्त दुई देशका प्रधानमन्त्रीको तहमा हुने भ्रमण, विदेशमन्त्रीको तहमा हुने भ्रमणका अतिरिक्त दुई पक्षबीच पञ्चेश्वर, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलवे, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान तथा व्यापार र पारवहनसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend