जलेश्वर (महोत्तरी) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार धरापमा परेको थियो ।
बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने बताएका हुन् ।
नेकपा, कांग्रेस, जनमत, लोसपा, जसपा लगायतका दल मिलेर मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो । जनमतले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिईसक्नुपर्ने समय नजिकिँदो छ । केही दिन अगाडी नै विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्रीले अन्तिम समयमा जसपाका केही सांसदले फलोर क्रस गर्ने सूचना पाएपछि कांग्रेस पछि हटेको थियो ।
अब मधेसको कांग्रेस नेतृत्वको सरकारलाई एमालेले पनि साथ दिने भएको छ । एमालेले साथ दिए कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार जोगिनेछ ।
कांग्रेस, एमाले र नेकपाका बीचमा सत्ता गठबन्धन गरेर प्रदेश सरकारहरु चलाउने निश्कर्षमा छन् ।
.jpg)
