काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा मनोजकुमार शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको हाे ।
समितिले आज बिहान प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना र उजुरी अध्ययन गर्न बैठक बोलाएको थियो । शर्माविरुद्ध समितिमा १६ उजुरी परेको थियो ।
.jpg)
