एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

केन्द्रीय सदस्यलाई पालिका इञ्चार्ज बनाएर स्थानीय तहको निर्वाचनमा केन्द्रीत गर्ने तयारी

images
सोमवार, जेठ ४ २०८३
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १ बजे बैठक बस्ने गरी नेताहरुलाई खबर गरिएको छ । बैठकमा नेताहरुको कार्यविभाजन मुख्य एजेन्डा भएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्मराज अधिकारीले जानकारी दिए । 

    जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो । पार्टीको ११औँ महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इञ्चार्ज बनाएर आउने स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँटको तयारी छ । 

    आजको बैठकले गत फागुन २१ गते सम्पन्न  निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ । एमालेभित्र चुनावी हारको समीक्षा, पार्टी नेतृत्वको पूर्नगठन लगायतका विषयमा छलफल गर्नुपर्ने कतिपय नेताहरुको मत छ । वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले अब अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने र पार्टीलाई नयाँ नेतृत्वले अगाडी लैजानुपर्ने मत रहेकोले आजको सचिवालयमा यस विषयमा पनि अन्य नेताहरुले कुरा राख्ने तयारी गरेको बुझिएको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend