प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न गर्दै हर्क साम्पाङले मागे राजीनामा

प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न गर्दै हर्क साम्पाङले मागे राजीनामा

images
शुक्रवार, जेठ १ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन् । साम्पाङले प्रधानमन्त्री शाहले आफ्नो संवैधानिक जिम्मेवारी पूरा नगरेको भन्दै नैतिक आधारमा पदमा बस्ने अधिकार गुमाइसकेको दाबी गरेका छन्। साम्पाङले शुक्रबार वक्तब्य नै जारी गरेर प्रधानमन्त्री बालेनको राजीनामा माग गरेका हुन् । 
    उनले बुधबारको संसदमा पनि प्रधानमन्त्री संसदमा नआउने हो भने राजीनामा दिनुपर्ने बताउँदै बैठक बहिष्कार गरेर हिँडेका थिए । 

    शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा साम्पाङले प्रधानमन्त्रीमाथि चार प्रमुख आरोपहरू लगाउँदै राजीनामा अनिवार्य भएको बताएका छन्। उनका अनुसार संसद् र लोकतान्त्रिक प्रक्रियाप्रति सरकारले देखाएको व्यवहारले शासनप्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

    साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल लाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न लगाएर प्रधानमन्त्री स्वयं संसद्बाट बाहिरिएको, नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको, प्रतिपक्षले उपस्थितिको माग गर्दा पनि बेवास्ता गरेको जस्ता विषय उठाएका छन्।

    त्यस्तै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ नदिएको, संसद्मार्फत जनतासँग प्रत्यक्ष संवाद नगरेको, लोकतान्त्रिक मूल्य र अभ्यासप्रति उदासीनता देखाएको तथा संसद् छलेर अध्यादेशमार्फत शासन सञ्चालन गरेको आरोप पनि उनले लगाएका छन्।

    साम्पाङले विज्ञप्तिमा प्रश्न गरेका छन्- “जनताको सार्वभौम संस्थालाई अपमान गर्ने प्रधानमन्त्रीले कुन नैतिक आधारमा पदमा बस्ने अधिकार राख्छरु” उनले प्रधानमन्त्रीलाई जनताको प्रश्नबाट टाढा रहेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।

    हेर्नुहोस् वक्तब्य :

    700154746_1526268215961570_2164494935791354823_n_StSrBvFKUv.jpg

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend