काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा हुने भएको छ । असार ७,८ र ९ गते चितवनमा पार्टीको ऐतिहासिक महाधिवेशन गर्ने घोषणा भएको रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए ।
७ असार २०७९ मा रास्वपाको जन्म भएको थियो । उक्त पार्टी अहिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका रुपमा सरकारको नेतृत्व समेत गरिरहेको छ । स्थापनाको छोटो अवधीमै झण्डै दुई तिहाई (१८२) सिट सहित रास्वपाले सरकारको नेतृत्व गरिरहेको छ ।
पार्टी स्थापनाको ६ महिनामै चुनावमा होमिएको उक्त पार्टीले २०७९ को चुनावमा प्रतिनिधि सभामा २० सिट जितेको थियो । प्रत्यक्षतर्फ ७ सिट र समानुपातिकतर्फ १३ सिट गरी कुलमा २० सिट रास्वपाले प्रतिनिधिसभामा जितेको हो ।
समानुपातिक तर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर रास्वपा प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको थियो । पछि तनहुँको उपचुनावमा प्रत्यक्षमा थप १ सिट जित्दै रास्वपा २१ सिट सहित संसदमा थियो । तर २०८२ भदौं २३ र २४ को जेनजी आन्दोलनपछि संसद विघटन भएर गत फागुन २१ मा भएको चुनावमा रास्वपा १८२ सिट सहित सरकारको नेतृत्व गरिरहेको छ ।
अहिले उक्त दलका बरिष्ठ नेता बालेन्द्र शाहले सरकारको नेतृत्व गरिरहेका छन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवनमा राष्टिय महाधिवेशन गर्ने निर्णय रास्वपाको छ ।
.jpg)
