काठमाडौँ । नेप्से परिसूचक आज दाेहाेराे अंककाे गिरावट आएकाे छ ।
मंगलबार नेप्से ३९ दशमलव ४४ अंकले घटेर दुई हजार सात सय ४४ दशमलव ४० मा पुगेकाे छ ।
आज कुल एक करोड छ लाख ७८ हजार ५५० कित्ता सेयर रु चार अर्ब ६६ करोड ५० लाख २० हजार ६७७ मूल्यमा खरिद बिक्री भएको छ ।
यसदिन कारोबार भएका कुल कम्पनीमध्ये १३ वटाको उकालो लाग्दा २५१ कम्पनीको ओरालो लागेको छ ।
.jpg)
