१५ अवैतनिक दूत पदमुक्त

१५ अवैतनिक दूत पदमुक्त

images
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

    परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    त्यस्तै, वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय भएकाे पोखरेलले जानकारी दिए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend