बोलाइयो संवैधानिक परिषद्को बैठक

बोलाइयो संवैधानिक परिषद्को बैठक

प्रधानन्यायाधीश छान्ने बैठकमा कामु प्रधानन्यायाधीशको साटो कानून मन्त्री सहभागी हुन पाउने संविधानको ब्यवस्था

images
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। संवैधानिक परिषद्का अध्यक्ष समेत रहनुभएका सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो।

    संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको छ।

    बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ। प्रधानन्यायाधीश छान्ने परिषदको बैठकमा भने कामु प्रधानन्यायाधीशको साटो कानून मन्त्री सोविता गौतम सहभागी हुन पाउने संविधान (धारा २८४–२) ले अनुमति दिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend