काठमाडौँ । अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सुधार देखिएको छ ।
मंगलबार नेप्से परिसूचक आठ दशमलव ७८ अंकले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।
आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको छ ।
.jpg)
