रास्वपा सभापति भेटेपछि राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

रास्वपा सभापति भेटेपछि राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

images
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। संवैधानिक परिषदे सम्वन्धी अध्यादेशका बारेमा भने अझै अनिर्णित रहेका राष्ट्रपति पौडेलले शनिबार थप तीन वटा अध्यादेश जारी गरेका हुन् । 
    शुक्रबार र बिहिबार गरेर उनले सहकारीसम्बन्धी अध्यादेश, सार्वजनिक खरिद सम्बन्धि अध्यादेश र सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्।

    सरकारले अध्यादेशको बाढी नै लगाएपछि राष्ट्रपति  पौडेल शसंकित बनेका थिए । उनले शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अध्यादेशका बारेमा छलफल गरेका थिए । त्यसपछि उनले आज शनिबार थप तीन वटा अध्यादेश एकैपटक जारी गरेका हुन् । 


    राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले  स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३,  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्।

    विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेशहरू जारी गरेका हुन्।

    सरकारले ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। अब संवैधानिक परिषद् सम्वन्धी अध्यादेश भने जारी हुन बाँकी छ । 

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend