जेनजी घाइतेको अन्तिम सूची सार्वजनिक

जेनजी घाइतेको अन्तिम सूची सार्वजनिक

images
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडाैं । सरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरुको सूचीकृत सम्पन्न गरेको छ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो।  

    पछिल्लो पटक प्राप्त २५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएकाे छ । 

    मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ। 

    नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइएको छ। जेनजी घाइतेहरूले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend