संसद् रोकेर सरकारले ल्यायो अध्यादेश

संसद् रोकेर सरकारले ल्यायो अध्यादेश

images
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडाैं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

    राष्ट्रपतिबाट आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश सिफारिस गरेको हो । 

    वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । साे अनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।

    तर, फेरि सरकारकै सिफारिसमा राष्ट्रपतिले उक्त अधिवेशन स्थगित गरेका थिए ।

    अहिले ती अध्यादेशमाथि अध्ययन भइरहेको शीतलनिवास स्रोतले जनाएकाे छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend