नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म काठमाडौंमा हुने

नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ सम्म काठमाडौंमा हुने

images
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

    साेमबार पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो । 

    केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने निर्णय बैठकले गरेकाे छ । 

    यस्तै, असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यसूची छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend