सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

images
सोमवार, बैशाख १४ २०८३
  • काठमाडाैं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। 

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई महानिरीक्षक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

    सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि आईजीपीको कमाण्ड सम्हाल्ने छन् ।

    हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गते अवकाश जाँदैछन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend