काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित भएकाे छ ।
मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा विशेष कारणबशः अधिवेशन स्थगित गरिएको उल्लेख छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको सिफारिसमा यही वैशाख १७ गतेका लागि बैठक आह्वान गरेका थिए ।
.jpg)
