काठमाडौं । सरकारले २०६२ सालयताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न सम्पक्ति जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सम्पक्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएलगत्तै गत चैत १३ गते १५ दिनभित्र यस्तो समिति गठन गर्ने निर्णय भएको थियो। सरकारद्वारा सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको ४३औँ बुँदामा समेत यस विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ।
बालेनले पहिलो चरणमा २०६२ साल यताका उच्चपदस्थहरुको सम्पक्ति जाँचबुझ गर्ने, दोस्रो चरणमा २०४६ सालयताको उच्चपदस्थहरुको सम्पक्ति जाँचबुझ गर्ने उल्लेख थियो ।
.jpg)
