काठमाडौँ । नयाँ वर्ष २०८३ को सुरुवाती दिन देखि नै काठमाडौं महानगरपालिकाले रात्रीबस सञ्चालनमा ल्याउन लागेको छ । आज बैशाख १ गते बाट त्यस्तो रात्रीकालीन बससेवा सञ्चालन गर्न लागेको हो ।
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा बैशाख १ गते साँझ ७ः०० बजेदेखि पुल्चोकबाट बससेवा शुभारम्भ गर्न लागेको महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
उनका अनुसार आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलबाट, बूढानीलकण्ठसम्म, बूढानीलकण्ठबाट, लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टबाट थानकोटसम्मको रुटमा विद्युतीय बससेवा सञ्चालन हुनेछन् ।
ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तरदक्षिणतर्फ पर्ने यो १६ किलोमिटरको एकतर्फी रुट हुने कामपाले जनाएको छ ।
थानकोटबाट सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्वपश्चिम दिशाको एकतर्फी दूरी २० किलोमिटरको हो । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने महानगरले जानकारी दिएको छ ।
.jpg)
