प्रधानमन्त्रीसँगै अब श्रमसहित तीन मन्त्रालय

प्रधानमन्त्रीसँगै अब श्रमसहित तीन मन्त्रालय

images
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं । पार्टीको सिफारिसमा श्रम मन्त्री दीपककुमार साह पदमुक्त भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग अब तीन मन्त्रालय आफैसँग हुने भएको छ । प्रधानमन्त्रीले श्रम मन्त्रीलाई हटाएपछि उक्त मनत्रालयको जिम्मेवारी पनि आफैंले सम्हाल्ने गरी लिएका छन् ।  

    राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहलाई नै तोकी मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेका हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार प्रधानमन्त्री शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा उक्त हेरफेर गरिएको हो । 

    साह पदमुक्त भएसँगै मन्त्रिपरिषद्मा अब १४ सदस्य कायम रहेको छ । प्रधानमन्त्री बालेन्द्रसँग यस अगाडी नै रक्षा, उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय पनि साथमै छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend