काठमाडौं । प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन संसदले मस्यौदा समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले त्यस्तो मस्यौदा समिति बनाएको हो । समिति रास्वपा सांसद गणेश पराजुलीको सभापतित्वमा गठन भएको छ । समितिमा दलगत प्रतिनिधित्वका आधारमा सोही संख्याको अनुपातमा सांसदहरु सहभागी गराइएको छ । समिति १५ सदस्यीय बनाइएको छ ।
समितिमा ओजस्वी शेरचन, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाईँ, यज्ञमणि न्यौपाने, रेखा कुमारी यदाव, सुलभ खरेल सदस्य रहेका छन् ।
.jpg)
