एमालेकी लीला कुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध

एमालेकी लीला कुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध

images
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौँ । नेकपा एमालेकी लीला कुमारी भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी छन्।

    राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार बसेको बैठकमा भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

    संघीय संसद् सचिवालयद्वारा प्रकाशित निर्वाचन तालिका अनुसार आइतबार दिउँसो २:३० देखि २:३० सम्मको समयसीमाभित्र उक्त पदका लागि भण्डारीले मात्र उम्मेदवारी दर्ता गरेकी थिइन्।

    भण्डारीको उम्मेदवारी नेकपा एमालेका राष्ट्रियसभाका संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रस्ताव गरेका थिए भने नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, जनता समाजवादी पार्टी (जसपा) नेपालकी पूजा चौधरी र नेकपा (एकीकृत समाजवादी) की मदन कुमारी शाहले समर्थन गरेका थिए।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend