ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा

images
आइतवार, चैत्र २२ २०८२
  • काठमाडौँ ।  गत भदौं २३ र २४ को घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा छानबिन गर्न सरकारले पक्राउ गरेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट सर्वाेच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ । आज हेर्दाहेदैंमा परेको रिटको नियमित सुनुवाई सोमबार हुने भएको छ । 

    न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने गरी रिट राखिएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् । 

    ओलीको तर्फबट पत्नी राधिका शाक्य र लेखकका तर्फबाट पत्नी यशोदा लेखकले यही चैत १५ गते आ आफनो श्रीमानलाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । 

    यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत नहुने उल्लेख छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend