काठमाडौं । सरकारले शनिबार र आइतबार सरकारी कार्यालयहरुमा सार्बजनिक बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले पनि आफनो कारोबार तालिकामा केही संशोधन गरेको छ । सेयर बजार शुक्रबार र शनिबार बन्द हुने गरेकोमा अबदेखि शनिबार र आइतबार बन्द भएर शुक्रबार बजार खुल्ने भएको छ ।
नेपाल स्टक एक्सचेन्जले शुक्रबार नियमित कारोबार खुलाउने गरी यो खालको ब्यवस्था गर्ने भएको हो ।
सेयर बजार पाँच दिन खुल्ला रहने गरेको थियो । सरकारले शनिबार र आइतबार बिदा दिएपछि अब सेयर बजारमा के होला ? भन्ने औन्यलता देखिएको थियो । तर नेप्सेले शनिबार र आइतबार बन्द गरेर सोमबारदेखि शुक्रबारसम्म ५ दिन बजार खुल राख्ने भएको हो ।
यस अगाडी, सरकारले २०७९ जेठ १ देखि शनिबार र आइतबार विदा दिादा नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो।
.jpg)
