काठमाडौं । प्रहरीले कलाकार सागर लम्साल ‘बले’ लाई बलात्कार आरोपमा पक्राउ गरेको छ । शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्।
सोही आरोपबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। बलेलाई काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको हो ।
बलात्कार आरोपपछि 'बले' लाई छायांकनरत फिल्म 'पाँच पाण्डव' बाट पनि निष्कासन गरिएको थियो।
फिल्मको निर्माण ब्यानर कालारानी फिल्मस् प्रालिले शुक्रबार नै विज्ञप्ति जारी गरेर लम्साललाई निष्कासन गरिएको जानकारी दिएको थियो।
.jpg)
