सभामुखमा डीपी अर्याल निर्विरोध

सभामुखमा डीपी अर्याल निर्विरोध

images
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ । प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल निर्विराेध भएका ५न् । 

    संघीय संसद् सचिवालयअनुसार आज बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म संसद् सचिवालय, सिंहदरबारमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकामा उक्त अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेको हो । 

    अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका छन् ।

    कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एकमात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ । दर्ता भएका प्रस्तावकाे सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend