सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता

images
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौँ ।  प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । चैत २२ गते आइतबार हुने चुनावका लागि संसद सचिवालयले आज उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको थियो । सोही अनुसार प्रतिनिधिसभामा झण्डै दुई तिहाई सिट (१८२ सांसद ) रहेको रास्वपाले उपसभापति अर्याललाई सभामुखको उम्मेदवार बनाई उम्मेदवारी दर्ता गराएको हो । 

    अर्यालले सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उम्मेदवारी दर्ता गरेका हुन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री समेत रहेकी सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री समेत रहेका सांसद सुनिल लम्साल रहेका छन् । 

    खासमा उनले बालेन नेतृत्वको सरकारमा गृहमन्त्री बन्न चाहेका थिए । तर गृहमन्त्रीमा सुधन गुरुङ बनेपछि रास्वपाले अर्याललाई त्यो भन्दा माथिललो संवैधानिक पद सभामुखको उम्मेदवार बनाएको हो ।

    सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिने गरी संसद सचिवालयले कार्यतालिका बनाएको थियो । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २ः३० बजे सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

    सम्भबत अर्याल एक्लैको मात्र सभामुख पदमा उम्मेदवारी पर्नेछ । संसदमा रहेका अन्य दलहरुको बहुमत नपुग्ने र रास्वपा एक्लैको सहज बहुमत रहेकोले अर्याललाई टक्कर दिने गरी अन्य दलले उम्मेदवारी दर्ता गराउने सम्भाबना कमै रहेको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend