काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि आज (शुक्रबार) उम्मेदवारी दर्ता हुँदैछ। चैत २२ गते निर्वाचन गर्ने गरी संसद सचिवालयले बिहिबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।
‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचन चैत २२ गते आइतवार विहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गर्ने गरी सभामुख ज्येष्ठ सदस्यले निर्वाचनको मिति र समय निर्धारण गर्नु भएकोले सोही नियमावलीको नियम ७ को उपनियम ९१० को प्रयोजनको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ,’ संसद सचिवालयले बिहीबार कार्यतालिका प्रकाशन गर्दै भनेको थियो।
संसद सचिवालयका अनुसार आज बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
यो पटक सम्भबत एउटा मात्रै उम्मेदवारी पर्नेछ । संसदमा सत्तारुढ दल रास्वपाको एकल झण्डै दुई तिहाई बहुमत रहेकोले उसले उठाउने उम्मेदवारको जित निश्चित छ । सोहीकारण अन्य राजनीतिक दलका तर्फबाट सभामुखमा उम्मेदवारी पर्ने सम्भाबना छनै । कथंकदाचित एकभन्दा बढी उम्मेदवारी परे चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्ने छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दल बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने प्रस्ताव पास गरेको थियो।
संसद सचिवालयले सभामुखको निर्वाचन सकेपछि उपसभामुखको निर्वाचन प्रक्रिया थाल्नेछ । संसद सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने सम्बैधानिक ब्यवस्था रहेकोले सोही अनुसार चैत २२ मा सभामुखको निर्वाचन हुने गरी उम्मेदवारी दर्ताको कार्यतालिका आजका लागि तय भएको हो ।
.jpg)
