काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा बादल बनेका छन्। उनीलाई सर्वसम्मत हुन नदिन सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले उम्मेदवारी दिने तयारी गरेका थिए । तर सुहाङले आफनो उम्मेदवारी दर्ताका लागि समर्थक र प्रस्तावक नै नपाएपछि बादल एमाले दल नेतामा निर्विरोध निर्वाचित भएका हुन् ।
बादल एमालेको समानुपातिकतर्फबाट सांसद बनेका थिए। एमाले भित्र प्रत्यक्ष निर्वाचितलाई दल नेता बनाउन दवाव थियो । पार्टीका प्रत्यक्ष तर्फ चुनाव लडेका अध्यक्ष केपी ओलीसहितका १२ जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि एमालेका पदाधिकारीमा समानुपातिकबाट गएकासमेत गरेर बादल सबैभन्दा शीर्ष नेता थिए ।
एमालेको प्रतिनिधिसभामा २५ सांसद छन् । सुहाङलाई धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राई र संखुवासभाबाट निर्वाचित सांसद अर्जुन कार्कीले समर्थक प्रस्तावक बनिदिने बचन दिएका थिए । यो सुइको पाएका एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ताको समयमा राई र कार्कीलाई अलग्गै भेटघाटमा ब्यस्त बनाएपछि सुहाङले निर्धारित समयमा समर्थक र प्रस्तावक नपाएका हुन् । त्यसपछि निर्वाचन समिितले बादललाई निर्विरोध दल नेता चयन गरेको घोषणा गरेको छ ।
.jpg)
