काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । उनलाई प्रहरीले आज बिहानै (मंगलबार) पक्राउ गरेको हो । गत भदौं २३ र २४ को जेनजी आन्दोलन दवाउन उनी काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) भएर काम गरेको र त्यसमा अनुसन्धानका लागि भन्दै रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरिएको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए। आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो।
यही विषयमा छानबिनका लागि प्रहरीले तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरी असन्धान गरिरहेको छ । उनीहरु दुवै जनालाई अदालतले ५ दिनको म्याद थप गर्न प्रहरीलाई अनुमति दिएका थिए ।
आज पक्राउ परेका रिजाल तत्कालिन गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दम्पत्तिका विश्वासपात्र थिए । उनी जेनजी आन्दोलन हुनु करिव एक महिना अगाडी मात्रै काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएका थिए । घटना लगत्तै उनी बर्हिगमनमा परेका थिए ।
.jpg)
