महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी क्यालेन्डर २०८३'को डिजिटल संस्करण सार्वजानिक

महालक्ष्मी विकास बैंकको 'महालक्ष्मी क्यालेन्डर २०८३'को डिजिटल संस्करण सार्वजानिक

images
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण सार्वजनिक गरेको छ । परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ ।

    महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ ।

    नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३ तल उल्लेखित क्यूआर स्क्यान गरी हेर्न वा डाउनलोड गर्न सकिनेछ ।

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखी अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend