पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

images
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    आज बिहान पक्राउ परेका नेता खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो । अदालतले सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम आजदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमति प्रदान गरेको हो।  

    सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका खड्काको आज बयान कार्य सुरु भए पनि निजविरुद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउनेलगायत अनुसन्धानसम्बन्धी कार्य बाँकी नै रहेकाले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न अनुमति दिएको हो । 

    नेता खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend