काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन आज (आइतबार) भंग भएको छ। अध्यक्ष राजु ओलियाले एक सूचना जारी गर्दै सरकारको निर्णयको स्वागत गर्दै कर्मचारी युनियन भंग गरिएको जानकारी दिएका हुन्।
जारी सुचनामा मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत १५ गतेदेखि भङ्ग गरिएको जानकारी गराइएको छ ।
.jpg)
